अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलंकाको योजना

काठमाडौं । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्वाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताएका छन् ।

श्रीलंकाले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको सामना गरिरहेको छ। कुनै बेला दैनिक १३ घण्टासम्मको बिजुली कटौती भएको थियो। जुन अहिले दिनको लगभग दुई घण्टामा झरेको छ।

मन्त्रीका अनुसार सरकारले पछिल्ला केही महिनामा विद्युत् कटौतीलाई ठूलो मात्रामा कम गर्न कदम चालेका छन्। हरेक वर्ष माघ र असार महिनामा विद्युत महसुल परिमार्जन गर्नु उपयुक्त हुने भन्दै उनले विद्युत महसुल परिमार्जन नगरी त्यसो गर्न नसकिने बताए ।

footwear zone

मन्त्रीका अनुसार उनीहरूले सन् २०२३ मा नवीकरणीय ऊर्जालाई बढावा दिने योजना पनि बनाएका छन् । यो श्रीलंकाका लागि ऊर्जाको उत्तम स्रोत पनि हो।

You might also like

Comments are closed.