तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नं. को मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो।

दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगंगा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

footwear zone

मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहादुर राना र २१ वर्षीय रामबहादुर कुमाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार पछि घर फर्किएका प्रहरीले जनाएको छ।

You might also like

Comments are closed.