नबिल बैंकको १ लाख कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा

काठमाडौं । नबिल बैंकले आजबाट १ लाख कित्ता संस्थापक  सेयर बिक्रीमा ल्याएको छ ।

नबिल बैंकले सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज आइतबारबाट ३५ दिनभित्र आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौं स्थित कम्पनीको सचिवको कार्यालयमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

footwear zone

तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।

You might also like

Comments are closed.