काठमाडौं । शुक्रबारदेखि स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार भने घटेको छ । सोमबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।
तोलामा ३ सय रुपैयाँले घटेसँगै आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
]त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँ घटेसँगै आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.