दोलखा । सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर अब दोलखामा सञ्चालनका लागि सम्झौता भएको छ ।
विगत १० वर्षदेखि प्लानेट अर्थ सोलुसनले देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टमका लागि दोलखामा सजिलो कम्प्युटर सेन्टरसँग सम्झौता भएको छ ।
एभरेष्ट सफ्टवेरका कन्सेप्ट डेभलपर आइटी विज्ञ चिरञ्जिवी अधिकारी र सजिलो कम्प्युटर सेन्टरका प्रबन्ध निर्देशक सिताराम दाहालबीच चरिकोटमा सम्झौता भएको हो ।

अब सहकारीका अत्याधुनिक सफ्टवेरको काम चरिकोटबाटै हुने भएको छ । कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फाराम अपलोड गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुविधाहरु रहेको आइटी विज्ञ अधिकारीले जानकारी दिए ।




Comments are closed.