साथीमार्टको ११७औं आउटलेट सानोठिमीमा सञ्चालन

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको ११७औँ आउटलेट सानोठिमी भक्तपुरमा सञ्चालनमा आएको छ। दिलिप घर्ती, साजन राउत, पुरुषोत्तमकुमार चौरासिया र कुमोद मण्डल चार जनाले रिटेल व्यवसायमा इच्छा भएर सोमबारदेखि उक्त आउटलेट सञ्चालनमा ल्याएका हुन् ।

सात सय स्क्वायर फिटमा फैलिएको यो आउटलेट सानोठिमीको दिव्यश्वरी प्लानिङमा रहेको छ। रिटेल व्यवसायमा नयाँ लगानीकर्ता भएको मार्टका सँस्थापक सिइओ सागर पोख्रेलले जानकारी दिए ।

नेपालको प्रख्यात रिटेल चेन साथीमार्टसँग हातेमालो गरि अगाडि बढन चाहानाले पनि आउटलेट खोलेको उनीहरुले बताएका छन्। सहरका व्यस्त बस्तीहरुमा गुणस्तरिय अल इन वन स्मार्ट मार्टको आवश्यकता देखेर यस क्षेत्रमा प्रवेश गरेको सञ्चालकहरुले बताएका छन्।

footwear zone

यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्टलगायतका सामान उपलब्ध छन्। साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

You might also like

Comments are closed.