माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो

काठमाडाैं । माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमाडा. उपेन्द्र महतो नियुक्त भएका छन् ।

माछापुच्छ्रे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हाे ।

बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुन् ।

footwear zone

You might also like

Comments are closed.