मंगलबार कुन देशको कति छ विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंगलबार विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरेको मुद्रा विनिमय दर अनुुसार आज अमेरिकी डलर बिक्रीमा २ पैसा घटेको छ ।

सोमबार अमेरिकी डलर १ को १३१ रुपैयाँमा बिक्री भएको अमेरिकी डलर मंगलबार २ पैसाँ घटेर एकको बिक्री  १३० रुपैयाँ ९८ पैसामा कारोबार भइरहेको छ भने खरिद मूल्य १३० रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै मंगलबार युरोपियन युरो एकको खरिद मूल्य १३६ रुपैयाँ १८ पैसा र बिक्री मूल्य १३६ रुपैयाँ ८१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९६ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ४२ पैसा, सिङ्गापुरे डलर एकको खरिदमूल्य ९४ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ९५ रुपैयाँ ३३ पैसा राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

footwear zone

त्यसैगरी, मंगलबार साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ८५ पैसा रहेको छ । साथै,चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ १२ पैसा र बिक्री मूल्य १८ रुपैयाँ २० पैसा, जापानीज येन १० को खरिदमा ९ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९ रुपैयाँ ५० पैसा,साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८१ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ १० पैसा र बिक्री मूल्य २९ रुपैयाँ २४ पैसा राष्ट्र बैंकले तोकेको छ ।

You might also like

Comments are closed.