तोलामा एक सयले सस्तियो सुन, चाँदी स्थिर

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला  एक सय रुपैयाँले घटेर रु ९७ हजार चार सय रुपैयाँ तोकिएको छ ।

छापावाल अघिल्लो दिन प्रतितोला रु ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार नौ सय रुपैयाँ रहेको छ ।

तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ८५ कायम रहेको महासंघले जनाएको छ ।

footwear zone

महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.