पर्वतमा जिपलाइनबाट साइकलयात्रा

काठमाडौं । विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उनले मंगलबार साइकल कुदाएका हुन् ।

जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने। साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौंसम्म साइकलबाट यात्रा गरेपछि उनलाई साइक्लिङको नसा चढेको हो । त्योबेला पोखराबाट चार दिनमा काठमाडौं पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाए । बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गरेका छन् ।

footwear zone

बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुगेका छन् ।  उनले एकै दिन साइकलबाट तीन सय किलोमिटर यात्रा तय गरेका छन् ।

साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ । बरालको जिपलाइनमा गरेको साइकलयात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ ।

You might also like

Comments are closed.