के तपाई डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको मुद्रा विनिमयदर !

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३० रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ०६ पैसा रहेको छ । अमेरिकी डलर मंगलबारको भन्दा बुधबार ८ पैसाले बढेको छ ।

त्यसैगरी, बुधबार युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ र बिक्री मूल्य ९७ रुपैयाँ ४५ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९५ रुपैयाँ ४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४७ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८७ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २८ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य २९ रुपैयाँ ०७ पैसा, जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ २० पैसा र बिक्री मूल्य १८ रुपैयाँ २८ पैसा राष्ट्र बैंकले तोकेको छ ।

footwear zone

यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८७ पैसा र कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेको छ ।

You might also like

Comments are closed.