बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडाैं । सुनचाँदी बजारमा बुधबार  छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा २ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर रु ९७ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार र मंगलबार चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

 

You might also like

Comments are closed.