प्याब्सकको आयोजनामा अन्तर विद्यालय ‘फुटसल कप-२०२२’ हुँदै

काठमाडौं । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौं (प्याब्सक)को आयोजनामा अन्तर विद्यालय ब्वाइज ‘फुटसल कप-२०२२’ हुने भएको छ ।

भाटभटेनी फुटसलमा हुने भएको ‘फुटसल कप–२०२२’ मा काठमाडौं भित्रका विद्यालयबाट ३२ वटा टिम सहभागी हुने कार्यक्रम संयोजक राजु पुडासैनीले जनाएका छन् ।

संयोजक पुडासैनीका अनुसार मंसिर २० र २१ गते हुने ब्वाइज फुटसल प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई नगद सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । साथै वेस्ट प्लेअर, म्यान अफ दि म्याच लगायतका पुरस्कार वितरण गरिनेछ ।

footwear zone

प्याब्सक महासचिव राजन श्रेष्ठले विद्यार्थीहरुको वौद्धिक क्षमतामा अभिवृद्धि गर्ने, विद्यालयबीचका विद्यार्थीहरुमा आत्मियताको भावना जागृत गर्ने, खेल सम्बन्धि विभिन्न नियम सिकाउँदै मनोरञ्जन समेत प्राप्त हुने भएकाले फुटसल कप आयोजनाको तयारी गरिएको बताए ।

 

You might also like

Comments are closed.