लेखनाथ । आगामी पुस ७ गतेदेखी १८ गतेसम्म लेखनाथमा सञ्चालन हुने १८ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयूक्त आयोजनामा हुने महोत्सवलाई सफल बनाउनका लागी विभिन्न उप–समितिहरुको वैठक धमाधम बसी छलफल तथा अन्र्तक्रियालाई तिव्र बनाईएको महोत्सवका सह–संयोजक गोपिचन्द्र बाँस्तोलाले वताए ।
महोत्सवको तयारी सम्बन्धमा मंगलबार मात्रै ३ वटा उप-समितिहरुको वैठक सम्पन्न भएको मुल आयोजक समितिले जानकारी दिएको छ । पर्यटन प्रवर्द्धन उप–समितिका संयोजक अर्जुन लम्सालको अध्यक्षतामा बसेको वैठकले महोत्सवको फुड फेस्टीभल अन्र्तगतका विभिन्न रेष्टुरेण्ट एवं खाद्य स्टलहरुको अनुगमन र व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने निर्णय गरेको छ भने पर्यटकीय स्थल बेगनासताल लगायत अन्य ताल र पर्यटकीय स्थलहरुको प्रर्वद्धनका लागि महोत्सव अवधिभर विशेष योजना बनाउन पहल गर्ने भएको छ ।

मंगलबार नै सम्पन्न बजार व्यवस्थापन र अनुगमन उप-समितिको वैठकले महोत्सवका स्टलहरुमा विभिन्न वस्तु तथा सेवाको गुणस्तर र नापतौलको विषयमा अनुगमन गर्नुका साथै व्यवसायीहरुको नापतौललाई नविकरण गर्ने विषयमा सहजीकरण गर्ने निर्णय गरेको उप-समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
यस्तै, उद्योग विकास उप–समितिका संयोजक ज्ञानेन्द्र बजगाईको संयोजकत्वमा बसेको वैठकले महोत्सवमा स्टल राख्ने विभिन्न उद्योगहरुको लेखाजोखा राख्नुका साथै सहभागीता वृद्धि गर्ने विषयमा पहल गर्ने निर्णय गरेको छ ।
महोत्सवका लागि पहिलो चरणको स्टल बुकिङ कार्तिक ३० गते बुधवारदेखि खुल्ला भईसकेको छ । पहिलो चरणमा आफना व्यवसायीका लागि स्टल बुकिङ खुल्ला राखेको संघले मंसिर ७ गतेदेखि सर्वसाधारणका लागि समेत बुकिङ खुल्ला गरिसकेको स्टल संयोजक भरत थापाले जानकारी दिए ।
पोखरा–२७, डाँडाको नाकमा सञ्चालन हुने महोत्सवलाई मुख्य प्रायोजन सगरमाथा लाईफ ईन्स्योरेन्स गरेको छ भने प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।




Comments are closed.