काठमाडौं । यती एयरलाइन्सको चाडपर्व उडान अफर अन्तर्गत सञ्चालन गरेको ‘यतीमा मङ्लमय फ्लाइट, बम्परमा जितौँ नयाँ राइड’ को उपहार कुनाल विष्टले जितेका छन् ।
यतीले आज सञ्चालन गरेको लक्की ड्र भाग्यशाली विजेता घोषणा कार्यक्रममा विष्टले यमाहा कम्पनीको तर्फबाट रु दुई लाख ८६ हजार ९०० मूल्य बराबरको यमहा रे जेड आर स्कुटर प्राप्त गरेका हुन् । विष्टले भद्रपुर-काठमाडौं उडान गरेका थिए ।
यस्तै, दोस्रो पुरस्कार दिपक थापाले प्राप्त गरेका छन् । उनले बालाजी डाइमण्डको तर्फबाट रु ८२ हजार मूल्य बराबरको हिराको टप प्राप्त गरेका हुन् । थापाले भैरहवा-काठमाडौं उडान गरेका थिए ।

यसैगरी, तेस्रो पुरस्कार पोखरा-काठमाडौं उडान गरेकी कल्पना गुरुङले प्राप्त गरेकी छिन् । उनले रु ५९ हजार ९९९ मूल्य बराबरको यसुदा वासिङ मेसिन प्राप्त गरिन् ।
यती एयरलाइन्सले चाडपर्वको समय यात्रा गर्ने आफ्ना यात्रुहरुलाई लक्षित गरी असोज १० देखि कात्तक २५ गतेसम्म ४७ दिन उडान भर्ने यात्रुलाई उक्त कार्यक्रममा सहभागीता गराएको थियो । सोही अवधीमा एक लाख १७ हजार ५३८ यात्रुले यती एयरलाइन्समा यात्रा गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । बिजेता यात्रुहरुलाई एयरलाईन्सले सम्पर्क गरी उपहार बितरण गरिने उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले यती एयरलाइन्सलाई माया गरेर यात्रा गरेकोमा सम्पूर्ण यात्रुलाई धन्यवाद दिए । आगामी दिनमा पनि यतीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।




Comments are closed.