कतिमा खरिद-बिक्री हुँदैछ विदेशी मुद्रा ? यस्तो छ आजको विनिमयदर !

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा विनिमयदर अनुुसार आज अमेरिकी डलरको भाउ हिजोको भन्दा घटेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२९ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ५८ पैसा काम भई कारोबार भइरहेको छ ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८३ पैसा रहेको छ ।

footwear zone

त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ३७ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७४ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९३ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ २३ पैसा र बिक्री मूल्य २९ रुपैयाँ ३६ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर :-

You might also like

Comments are closed.