पोखरा । पोखरामा रहेको जय कालिका जे के ट्यांकले आफ्नो नयाँ प्रोडक्ट उत्पादनका लागि जग्गा तथा मेशिन खरिद प्रक्रिया अगाडी बढाएको छ ।
कम्पनीका संचालक रमेश ठकुरीका अनुुसार उक्त नयाँ उत्पादनको लागि आवश्यक पर्ने जग्गा खरिदको लागि चितवनमा जग्गा हेर्ने काम भइरहेको छ । उनले जग्गाको क्षेत्रफल १ विगाहसम्म रहने रहने बताए ।
त्यसैगरी ठकुरीले मेशिनको लागि पनि चाइनाको एक कम्पनीसँग कुराकानी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।जे .के ट्यांकले हाल २०० लिटर देखि ५ हजार लिटरसम्मका प्लास्टिकको पानी टेंकी बनाउदै आएको छ ।

अब आउने नयाँ मेशिनबाट स्टीलनेस स्टील वाटर ट्यांक (S.S tank) ३१६ फुड ग्रेड हाइजेनिक कच्चा पदार्थ प्रयोग गरी एस. एस ट्यांक उत्पादन गर्ने कम्पनीका संचालक ठकुरीले जानकारी दिए ।
कम्पनीका संचालक ठकुरीको अनुसार यस बर्ष लगानीको लागि आन्तरिक श्रोतबाट लगानी जुटाउने तयारी रहेको छ । जस अन्तर्गत कम्पनीले आफ्नो सेयर विक्रीको लागि खुल्ला गर्ने भएको छ । यसको लागि कम्पनीको नंमरमा फोन गरी सम्पर्क गर्न सकिने छ । कम्पनीले व्यापारिक साझेदारीको लागि अन्य दुई कम्पनीसँग पनि छलफल गरिरहेको संचालक ठकुरीले बताए ।





Comments are closed.