लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको आयोजनामा नि:शुल्क ३ महिने कम्प्युटर तालिम

पोखरा । लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको आयोजनामा र आईसिटी सहकारीको कोल्याब्रेसनमा महिलाहरुको लागि ३ महिने नि:शुल्क कम्प्युटर तालिम शुरु भएको छ ।

त्यस्तै, उक्त बेसिक कम्प्युटर तालिमको सभाअध्यक्ष सबि शेरचनको अध्यक्षतामा साथै प्रमुख अतिथि क्यान महासंघ कास्कीको अध्यक्ष रूक्मागत भन्डारीको प्रमुख अतिथ्यतामा नोभा कम्प्यूटर एण्ड ल्याङ्ग्येज ईन्स्टिच्यूटको हलमा उद्घाटन भएको हो ।

मंसिर १६ गते शुक्रबारबाट सुरु भएको तालिम तीन महिनासम्म संचालन हुने लायन्स क्लव अफ पोखरा ब्यूटी सिटी एवं आईसिटी सहकारी संस्थाकी अध्यक्ष र नोभा कम्प्युटर एण्ड ल्याङ्ग्येज इन्टिच्युट संचालक सबि शेरचनले जानकारी दिइन् ।उनले तालिममा महिला दिदिबहिनीलाई कम्प्युटर सिप सिकाई  आत्मनिर्भर , क्षमता अभिबृदि साथै रोजगार सृजना गरी  जीवन सहज बनाउने मुख्य तालिमको उद्देश्य रहेको बताइन् ।

footwear zone

उक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा ब्युटी सिटीका निवर्तमान अध्यक्ष विष्णु बास्तोला, प्रथम उपाध्यक्ष दुर्गा मरासैनी, तृतीय उपाध्यक्ष सीता गुरुङ, द्वितीय उपाध्यक्ष कल्पना सिक्देल, सदस्य  विष्णु भट्टराई, आईसिटी सहकारीका म्यानेजर मनमाँया तामाङ, प्रशिक्षक बिमल राणा लगायतकाे उपस्थिति रहेको थियो ।उक्त तालिम कार्यक्रम संचालन लायनकी द्वितीय उपाध्यक्ष सिता गुरुङले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तब्य लायनकी तृतीय उपाध्यक्ष कल्पना सिग्देलले गरेकी थिइन् ।

त्यसैगरी, उक्त तालिम कार्यक्रमका लागि नोभा कम्प्युटर एण्ड ल्याङ्ग्येज इन्टिच्युटले स्पोन्सर गरेको अध्यक्ष शेरचनले जानकारी दिइन् ।

 

You might also like

Comments are closed.