चिसो छल्न बेंसी झर्दै भेडा व्यवसायी

डोटी । बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन्। व्यावसायिकरुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन् ।

अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो छल्न डोटी पुगेका बूढीनन्दा नगरपालिका–९ बाजुराका चन्द्र बोगटीले आफ्नो रोजगारी र आयआर्जनको स्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन बेंसी सर्ने गरेको बताए।

बोगटीसँग हाल ७० भेडा रहेका छन्। बोगटीसहित तीन परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका–७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् । उनिहरुले यहाँ फागुनसम्म बस्ने जानकारी दिए। चार वर्षदेखि यही स्थानमा बस्दै आएको उनिहरु बताउछन् ।

footwear zone

बूढीनन्दा–९ का अर्का भेडा व्यवसायी मानसिंह थापा भन्छन्, “भेडापालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको पेशा हो, त्यसैलाई हामीले निरन्तरता दिएका हौँ।” थापासँग हाल ६० भेडा छन् । थापा एक छोरा र श्रीमतीसहित सँगै बस्दै आएका छन् ।

सोही स्थानमा डेरा सरेर आएका भेडा व्यवसायी बूढीनन्दा–९ का शिवा गुरुङसँग भने छुट्टै अनुभव छ। थापा सुरुमा अरुको गोठालो भएर काम गर्थे । पछि उनि बिस्तारै आफैँ व्यावसायिकरुपमा भेडापालन गर्दै आइरहेका छन् । थापा भन्छन्, “के गर्नु सुरुमा धेरै वर्ष अरुको गोठालो भइयो, जसको गोठालो भइयो उहाँहरुका अहिले कसैका काठमाडौं, कसैका धनगढी र नेपालगञ्ज घर छन्, आफ्नो भने उही जिन्दगी छ।”

थापा अहिले उमेरले ४९ वर्षको भए । पाँच वर्षको हुँदादेखि नै अरुको भेडा हेर्ने काम सुरुआत गरेको थापा बताउछन् । हाल उनिसँग एक सयभन्दा बढी भेडा छन् । थापा भेडाबाट वार्षिकरुपमा रु छ/सात लाख आम्दानी हुने गरेको बताउछन् ।

बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदका समयमा चिसो छल्न विभिन्न स्थानमा बसाइ सर्ने गरेका छन्। हिउँदको चिसो छल्न बेंसी झरेका भेडा व्यवसायीले भेडा बिक्रीवितरण गर्नाका साथै राडीपाखी, डसना पनि बिक्री गर्दै आएका छन् । प्रतिभेडा रु १५ हजारदेखि ३५ हजारसम्म र राडीपाखी रु दुई हजारदेखि पाँच हजारसम्म बिक्री गर्ने गरेको व्यवसायी बताउँछन्।

भेडा राखेबापत सामुदायिक वनलाई मासिकरुपमा रु छ/सात हजार रोयल्टी तिर्ने गरेकोसमेत उनीहरु बताउँछन्। बाजुराका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न डोटी, अछाम र बाजुराका विभिन्न स्थानमा गएर बस्ने गर्दछन् । रासस

You might also like

Comments are closed.