पोखरा । पोखराको घारिपाटनस्थित आभ्या क्लवले शुरु गरेको ‘आभ्या स्याटर्डे मार्केट’ मा सहभागिहरुको संख्या बढ्दै गएको छ । पोखरा र आसपासका घरेलु उत्पादनको बजारिकण गर्दै उत्पादित सामान सिधै ग्राहक समक्ष पु¥याउने उद्देश्यका साथ सञ्चालित मार्केटमा स्टल राख्ने व्यवसायी तथा उपभोक्ताहरुको उपस्थिती बाक्लिदै गएको हो ।
गत हप्तादेखि क्लव परिषरमा यो मार्केट शुरु भएको थियो । परम्परागतरुपमा सञ्चालन हुने ‘हार्ट बजार’ कै कन्सेप्टमा शुरु गरिएको आभ्या मार्केटमा पोखरा र वरपरका कृषी उत्पादन फलफुल, तरकारीदेखि मोटरसाइकलसम्मका स्टलहरु रहेका छन् ।
रेष्टुरेण्ट, क्याफेका बेकरी आइटमदेखि सेलरोटी, तरकारी तथा नर्सरीका सामान पनि यो मार्केटमा पाइने आभ्या क्लवका निर्देशक किरण केसीले जानकारी दिए । मार्केटका खाल्सेका सुन्तलादेखि लोमाङथानको आलुका स्टल थिए ।

उच्च हिमाली क्षेत्र लोमाङथानको आलुको स्टल उपभोक्ताको रोजाइमा पर्दा व्यापारी छिमी लामा दंग थिए । ‘बाहिर पाउने भन्दा केहि सुपथ मुल्यमा बेचेको छु, हिमालको आलु उपभोक्ताले रुचाउनुभयो’–उनले भने ।
क्लवले हरेक शनिबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मार्केट सञ्चालन गर्दै आएको क्लवका निर्देशक निरोज लामाले जनाए । हप्ताको एकपटक सञ्चालन हुने यो बजारमा जो कोहिले पनि स्टल राख्न पाउने लामाको भनाई छ ।
‘यो हाम्रो प्रयास हो, व्यवसायीहरुले ग्राहकलाई आकर्षित गर्न सक्नुभयो भने बजार पक्कै लामो समयसम्म चल्ने छ’–लामाले भने ।




Comments are closed.