लेखनाथ महोत्सव पुसको पहिलो सातादेखि

लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याती कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि १८औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ।

पहिलो चरणको तयारीका बारेमा जानकारी दिने उद्देश्यले शनिवार आयोजित पत्रकार सम्मेलनमा संघले पुस ७ गते देखि १८ गतेसम्म पोखरा २७ को तालचोकमा १८औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रर्दशनीबाट सुरु गरेको महोत्सवलाई समयानुकुल परिस्कृत र परिमार्जन गर्दै २०६१ सालदेखि वार्षिकरुपमा लेखनाथ महोत्सव गर्दै आएको बताए ।

footwear zone

लेखनाथमा पर्यटकिय क्षेत्रको विकास गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यशाला गोष्ठी गर्ने आत्रेयले जानकारी दिए। पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिँदै आत्रेयले घरेलु उत्पादनका सामग्रीहरुको प्रर्दशनी गरी उद्यमी व्यवसायीहरुको प्रवर्द्धन गर्ने बताए । साथै उनले लेखनाथ महोत्सव मनोञ्जनात्मक पक्षबाट मात्र नभइ उपलब्धिमुलकरुपमा आयोजना गरिएको स्पष्ट पारे।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ३३७ स्टल रहने र २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको मेला प्रचार(प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका थिए।

साथै ओझाले राष्ट्रिय तथा अन्तर्राट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवमं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन गर्दै कोभिड १९ तथा रुस युक्रेन युद्ध जस्ता कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनु नै १८औं संस्करणको लेखनाथ महोत्सवको मूख्य उद्देश्य रहेको बताए।

महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। महोत्सवमा ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भइ १० लाख बचत हुने बताइएको छ। बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताललगायतका पर्यटकिय स्थलहरुको प्रवर्द्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ।

महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन, लघु घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातिय, भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एंव बाह्य पर्यटक आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने लक्ष्य लिएको छ।

महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शनी रहने छन्।

महोत्सवमा ख्याति प्राप्त हाँस्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आकर्षणका रुपमा रहने छन । कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी, पोखरा महानगरपालिका वडा नं. २६ का वडाअध्यक्ष नरेन्द्र थापा, पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले लेखनाथ महोत्सबले लेखनाथ क्षेत्रको पहिचान बोकेको बताउँदै आगामी दिनमा महोत्सवलाई समय सापेक्षअनुसार परिस्कृत गर्दै महोत्सव सञ्चालन गर्न आयोजकलाई सुझाब दिएकी थिइन।

संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्र सुवेदी (राजु) ले गरेका थिए ।महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकको रुपमा रहेको छन् ।

महोत्सवलाई विभिन्न जातजातीले सघाउने
महोत्सवलाई यसपटक पनि विभिन्न जातजातीले सघाउने भएका छन्। विगतका महोत्सवहरुमा जस्तै यसपटक पनि आफ्नो भेषभुषासहित कला संस्कृति, रहनसहन, जिवनशैली झल्कीने झाँकीसहित सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन्।

शनिबार झाँकी र्याली व्यवस्थापन उप–समितिको आयोजनामा सम्पन्न छलफल तथा अन्तरक्रियामा उप–समितिकी संयोजक बुद्धिकुमारी मगरले लेखनाथ महोत्सव सबै जातजातिको साझा पर्व भएको वताउँदै सक्रियताका साथ आफ्नो पहिचान झल्किने गरी झाँकी र्यालीमा सहभागी हुन आह्वान गरेकी थिईन।

कार्यक्रममा संघका अध्यक्ष एवं मुल संयोजक छत्रधर आत्रेयले लेखनाथ क्षेत्रका सम्पुर्ण जातजाती र संघ संस्थाले आफ्नै महोत्सवको रुपमा अपनत्व लिएकाले लेखनाथ महोत्सवको पनि महोत्सव भएको बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पुर्व अध्यक्ष बाबुराम गिरीले विगतदेखि नै विभिन्न जातजातीहरुले महोत्सवलाई सफल बनाउन महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनहरुमा पनि त्यस किसिमको साथ पाउने विश्वास व्यक्त गरेका थिए।

You might also like

Comments are closed.