अव्यवस्थित तार हटाउन विद्युत् प्राधिकरणको पुनः ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीका खम्बामा राखिएका अव्यवस्थित तार र सामग्रीलाई व्यवस्थित गर्न पुनः ताकेता गरेको छ।

गएको कात्तिक १५ गते प्राधिकरणले सूचना निकालेर ४५ दिनभित्र तार व्यवस्थापन गर्न दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो।

सहरको सुन्दरता बिग्रिएको र दुर्घटना बढेको भन्दै प्राधिकरणले बिजुलीका खम्बा प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका अनावश्यक तारका गुजुल्टा तथा जथाभाबी झुन्ड्याइएका उपकरणहरू हटाउन भनेको हो। तर निर्देशनको प्रभावकारी कार्यान्वयन नभएको र तारहरू जस्ताको त्यस्तै रहेको भन्दै विद्युत् प्राधिकरणले आज पुनः सूचना निकालेर ताकेता गरेको हो।

footwear zone

तोकिएको समयमा अव्यवस्थित तार नहटाएमा प्राधिकरण आफैँले हटाइदिने र त्यसबाट सेवा बन्द हुन पुगेमा त्यसको जिम्मेवार सेवा प्रदायक नै हुने सूचनामा उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.