‘सहुलियतपूर्ण वित्तीय सहयोगका लागि श्रीलंका योग्य छ’

काठमाडौं । विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलंकाको योग्यता पुगेको बताएको छ। अति कमजोर आर्थिक परिस्थितिको सामना गरिरहेको टापु राष्ट्रले अवलम्बन गरेका सुधारका कार्यक्रमलाई दृष्टिगत गरी कोलम्बोलाई सहयोगको सूचीमा समावेश गरेको हो ।

देशको अर्थतन्त्रलाई स्थिर बनाउन तथा जीविकोपार्जनको रक्षाका निम्ति आइडीएको सहुलियतपूर्ण वित्तीय सहायता प्राप्तिमा श्रीलंकाको योग्यतालाई विश्व बैंकले स्वीकार गरेको राष्ट्रपतिको सञ्चार विभागले जनाएको छ। लामो समयदेखि श्रीलंका सरकारले अन्तर्राष्ट्रिय सहायताका निम्ति अनुरोध गर्दै आएको थियो।

देशको अर्थव्यवस्थालाई स्थित तुल्याउन, गरिबी तथा भोकमरीको सामना गरिरहेका लाखौँको जीविकाको रक्षाका साथै आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गर्न आइडीएबाट सहुलियत ब्याज दरमा वित्तीय सहयोगको प्रस्ताव प्राप्त भएको हो।

footwear zone

देशको अर्थतन्त्र सुधार्न सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई आइडीएमार्फत विश्व बैंकले प्राविधिक सहयोगका साथै नीतिगत सुझाव र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ।

You might also like

Comments are closed.