समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला पोखरामा जारी, मेलामा छुटको बहार

पोखरा । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ मा बिक्रीको लागि राखिएका विभिन्न घरायसी सामानमा भारी छुटको व्यवस्था गरिएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार दैनिक जीवनमा प्रयोग हुने भान्छाका सामग्रीदेखि अन्य उपभोग्य वस्तु, गाडी तथा मोटरसाइकलमा त्यो छुट दिइएको हो ।

मेलामा प्रदर्शनका लागि राखिएका सामग्रीहरु एकातिर छन् भने दैनिक जीवनमा प्रयोग हुने सामान सस्तोमा बिक्री–वितरण भइरहेको छ’,उनले भने, ‘गृहिणीहरुले यो मेलाबाट भरपुर फाइदा लिन सक्नुहुन्छ।’ मेलाको सह–प्रायोजक रहेको शिवशिखर सहकारीको स्टल देखाउँदै उनले भने, ‘यस्तो छुट अरु बेला पाइँदैन।’

footwear zone

संघका महासचिव बलराम आचार्यका अनुसार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उद्योगी÷व्यवसायीहरुले वस्तु तथा सेवाहरु प्रदर्शन र बिक्रीमा राखेका छन्। कृषि उत्पादनहरु, स्वस्थ जीवनलाईं आवश्यक पर्ने खाद्यान्नहरु मेलाको विशेष आकर्षण रहेको पनि उनले बताए।

त्यस्तै, संघकी उपमहासचिव शोभा गौतमका अनुसार मेलाअन्तर्गत समावेश गरिएको सांस्कृतिक कार्यक्रमले पनि अवलोकनकर्तालाई भरपुर मनोरञ्जन दिलाएको छ। मंगलबार प्रकाश सपूतलगायतका कलाकारहरुको प्रस्तुति पछि बुधबार चर्चित कलाकार खेम सेन्चुरीको प्रस्तुति रहने उनले जानकारी दिइन् ।

यता, इ–सेवाको क्यूआर कोडमार्फत् मेलाको टिकट काट्नेहरुको लागि लक्की ड्रमार्फत् व्यवस्था गरिएको पुरस्कारअन्तर्गत मंसिर १८ विजेता बनेका काशीराम न्यौपानेले एडभान्स प्याराग्लाइडिङको तर्फबाट प्याराग्लाइडिङको टिकट पाएका छन् भने १९ गतेकी विजेता दिव्यानी थापाले फिस्टेल ड्रिमपार्कको टिकट पाएकी छन् ।

१९ गते नै यति मार्ट प्रालि तथा शिखा प्याकेजिङ प्रालिको नामबाट काटिएका २ टिकटले पनि फिस्टेल ड्रिम पार्कको फ्रि टिकट पाएका छन् । यस्तै मेलाको प्रवेश टिकट लिनेमध्ये दैनिक २० जनालाई अन्नपूर्ण केबलकारको टिकट एवं २ जनालाई बाल्ट्रको कुकर प्राप्त भएको टिकट व्यवस्थापन उपसमितिका संयोजक सुदीप ओझाले जानकारी दिए । मंसिर १६ गतेबाट सुरु भएको मेला मंसिर २५ गतेसम्म चल्नेछ।

You might also like

Comments are closed.