मंसिर २२ देखि भृकुटीमण्डपमा इलेक्ट्रोनिक्स सामग्रीको वृहत् प्रदर्शनी हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंसिर २२ गतेदेखि २५ गतेसम्म इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत् प्रदर्शनी हुने भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा अन्तर्राष्ट्रियस्तरको इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२२’ हुने भएको हो ।

महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा मंसिर २२ गतेदेखि २५ गतेसम्म इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत प्रदर्शनी हुने जानकारी दिएको हो।

सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष सुरेन्द्रप्रसाद पौडेलले विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकास र आन्तरिक तथा वाह्य व्यापार सहजीकरण एवम् प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

footwear zone

मेलाले मुलुकमा बढ्दै गएको विद्युतको उपभोगमा वृद्धि गरी देशलाई आर्थिकरुपमा सवल बनाउने र विद्युतीय व्यापार प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। मेलामा ४९ वटा ब्लकहरुमा २६ वटा स्टल गरी ७५ वटा प्याभिलियन स्टलहरु राखिने पौडेलले बताए ।

You might also like

Comments are closed.