नेपालका आर्यन र अमेरिकाका आरभ जोडी सेमिफाइनलमा

पोखरा । नेपालका आर्यन गिरी र अमेरिकाका आरब शमसेर हाडाको जोडी पोखरामा जारी आइटीएफ जे-५ सर्किट-२ टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आर्यन जोडीले बुधबार भएको क्वाटरफाइनल खेलमा स्पेनिस खेलाडी भिक्टोर मोहनराम र भारतका धिरज रेड्डीको जोडीमाथि ६-०, ६-२ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका आर्यन अरोरा र मायंक सर्माको जोडीले भारतकै बंश नन्दल र रसियाका फेडोर सोसेड्कीनको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगे ।

footwear zone

त्यस्तै, भारतका सभ्रमन्यु सिंह र ओमर रेहानको जोडीले ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलमाथि विजय प्राप्त गरे भने अर्को क्वाटरफाइनलमा ताइपेइका के हाउ होङ र केइ इन याङको जोडीले कोरियाका जिवन पार्क र मलेशियाका केगन केथमाथि जित निकाले ।

महिला डबल्सतर्फ नेपालकी रायना शाह र भारतका स्निग्दा कान्त, भारतकै काइरा सिद्धार्थ र दुर्गान्सी कुमार, अमेरिकाका कासिस कान्त र भारतका गंगा मोहन तथा भारतकै दिशा बेहेरा र मन्दग्ला प्रिन्सीको जोडीले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

You might also like

Comments are closed.