सरकारबाट अझै माग सम्बोधन नभएको भन्दै अटोमोबाइल्स व्यवसायी आन्दोलित

काठमाडौं । अटोमोबाइल्स व्यवसायीहरुले काठमाडौँको माइतीघर मण्डलामा बिहीबार धर्ना दिएका छन् । व्यवसायीहरूले बैंकको ब्याजदर, अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत लगायतका माग राख्दै धर्ना दिएका हुन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले धर्ना कार्यक्रममा बोल्दै आयात प्रतिबन्ध हटाउन मात्र अटो व्यवसायीले आन्दोलन नगरेको र  बजार पुर्ववत अवस्थामा फर्काउन आवश्यक वाताबरण बनाउन  लागि दवाब मुलक धर्ना दिइएको थापाले बताए ।

त्यसैगरी,  थापाले  सरकारले विगत ८ महिनादेखि लगाएको आयात प्रतिवन्ध खुल्ला गर्ने निर्णय गर्नु समयको आवश्यकता भएको बताए ।

footwear zone

थापाले भने  “बजारमा तरलता वृद्धिको लागि आवश्यक मौद्रिक औजार प्रयोग, लामो समयदेखि थला परेको अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदान गर्नु पर्ने जस्ता हाम्रा मागहरुको अझै सम्बोधन भएको छैन र व्यवसाय गर्न सक्ने वातावरण कतै पनि छैन । यस्तो बेला बजारलाई पुर्ववत् अवस्थामा फर्काउन विगतका व्यवस्थालाई निरन्तरता दिन हामी दवाबमुलक कार्यक्रम गर्न बाध्य भएका हौं ” ।

उक्त धर्नामा करिव एक हजारकोे संख्यामा उपस्थित भएका व्यवसायीहरुले सो धर्ना कार्यक्रममा कालो लुगा र कालो पट्टी लगाएर विभिन्न नाराहरु लेखिएका पम्पलेटहरु बोकी विरोध जनाएका थिए । उक्त धर्ना कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघ, लगायत नेपाल टिपर तथा ट्रक व्यवसायी समिति तथा नेपाल रिकण्डीसन व्यवसायी संघले समेत व्यानर सहित एक्येवद्धता जनाएका थिए ।

उक्त धर्ना कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले नाडाको कार्यक्रममा एक्येवद्धता जनाउदै नाडाले गर्ने आन्दोलनका कार्यक्रमहरुमा सहभागी हुने बताएका थिए । सोही दिन नाडाका ७ वटै प्रदेश एशोसिएशनहरुले आ आफनो प्रदेशमा एकैसाथ धर्ना कार्यक्रमको आयोजना गरेको थियो ।

सो विरोध कार्यक्रमको सम्पूर्ण संयोजन नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका संयोजक सुनिल रिजालले गरेका थिए भने सो कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्र उप्रेतिले गर्नु भएको थियो । सो विरोध कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी सो कार्यक्रममा निराकार श्रेष्ठ, आकाश गोल्छा, प्रकाश कपुरी, अनुपकुमार बराल, अभिक ज्योति,कपिल शिवाकोटी निलमणी पाठक, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, दिपक अग्रवाल र शोहन श्रेष्ठ लगायतका केन्द्रीय कार्य समिति सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

 

 

You might also like

Comments are closed.