एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । आइतबार अनमोल व्याङ्क्वेट शंखमुल काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा सभा सम्पन्न भएको हाे ।

विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभीने (मर्ज) सम्बन्धमा समितिबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।

साथै, विशेष प्रस्ताव अन्तर्गत नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति तथा कारोबारको मुल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरी प्रस्ताव गरिएको सेयर स्वाप अनुपात (Share Swap Ratio) १ः१ पारित गरेको छ ।

footwear zone

सभाले एक आपसमा गाभिने प्रयोजनका लागि भएको मर्जरसम्बन्धी समझदारी पत्र (Memorandum of Understanding-MOU), संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (Due Diligence Audit – DDA) गर्न सञ्चालक समितिबाट गरिएको लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अुनमोदन गरेको छ ।

साथै एक आपसमा गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंक र अन्य निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशनको कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गरिएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले हाल ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा, १५ एक्टेन्सन काउण्टर र १४४ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.