लुम्बिनी विकास बैंकको थप २ नयाँ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टरको उद्घाटन

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले मंसिर २६ गतेदेखि थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ०१ स्थित इमाडोल शाखा, ८८औँ शाखाको रुपमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० स्थित कमलबिनायक शाखा र एक्सटेन्सन् काउण्टरको रुपमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ०५ स्थित लेले एक्सटेन्सन् काउण्टर उद्घाटन गरिएको हो ।

यस विकास बैंकको इमाडोल शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोबिन्द श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

footwear zone

त्यसैगरी, कमलबिनायक शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले संयुक्त रुपमा गरे । साथै, लेले एक्सटेन्सन् काउण्टरको उद्घाटन विकास बैंकका सञ्चालक प्रताप कुमार आचार्य र गोदावरी नगरपालिका वडा नं. ०५ वडा अध्यक्ष मिलन सिलवालले संयुक्त रुपमा गरेका हुन् ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप दुई नयाँ शाखाहरु तथा पहिलो एक्सटेन्सन् काउण्टरको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

You might also like

Comments are closed.