हेटौडा अटो मोबाइल एसोसिएसनद्वारा विरोध प्रदर्शन

हेटौडा । यही मंसिर २२ गते बिहीबार अटोमोबाइल्स व्यवसायीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको उक्त कार्यको समर्थन गर्दै देशका विभिन्न क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरु पनि आ-आफ्नो क्षेत्रबाट धर्ना तथा विरोध जनाए । जसमा हेटौडा अटो मोबाइल एसोसिएसन र नाडा अटो मोबाइल एसोसिएसनले संयुक्त रुपमा विरोध जनाएका छन् ।

हेटौडाको बुद्धचोकमा भएको विरोध प्रदर्शनमा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, विभिन्न वस्तुगत संस्थाहरुका प्रदेश प्रतिनिधिहरु, अटो मोबाइल व्यवसायीहरु, संस्थागत पदाधिकारीहरु, पूर्व अध्यक्षहरु हेटौडा अटो मोबाइल एसोसिएसनका निर्वतमान अध्यक्ष सागर सापकोटाले जानकारी दिए ।

footwear zone

व्यवसायीहरूले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पुँजी कर्जा मार्गदर्शन-२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।

यसका साथै अटो मोबाइल व्यवसायीहरुका लागि अहिले निकै नै जटिल अवस्था रहेको बताउँदै बजारलाई पुर्ववत् अवस्थामा फर्काउन विगतका व्यवस्थालाई निरन्तरता दिन पनि व्यवसायीले माग गरेका छन् । धर्नामा व्यवसायीहरुले विभिन्न नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

You might also like

Comments are closed.