भृकुटीमण्डपमा ‘जाडोमा न्यानो जुत्ता चप्पल व्यापार मेला’ जारी, मेला पुस ७ गतेसम्म चल्ने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ठूलो चौरमा जारी ‘जाडोमा न्यानो जुत्ता चप्पल व्यापार मेला’ पुस ७ गतेसम्म चल्ने भएको छ।

कार्तिक २४ गतेदेखि सुरु भएको मेला यसअघि पुस २ गतेसम्म चल्ने भनिएको थियो । तर, विशेष कारणवस ३ दिन रोकिएको मेला सोमबारदेखि पुनः सुचारु भएको हो। रोकिएको अवधिको सट्टामा मेलालाई पुस ७ गतेसम्म लैजाने तयारी भएको फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसन अफ नेपालका पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसनले जाडो मौषम, लगन तथा शुभ मुहुर्तलाई मध्यनजर गरी आयोजना गरेको मेलामा ग्राहकहरुको आकर्षण बढ्दै गएको मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

footwear zone

मेलामा १५ देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल बिक्री भइरहेकाले धेरै ग्राहक लाभान्वित भएको उपाध्यायको भनाइ छ। मेलामा ३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीमा राखिएको मेला सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए। ‘बच्चादेखि बृद्धसम्म सबैलाई मिल्ले लेडिज, जेन्स, लेदर तथा स्पोर्टस जुत्ताहरु उपलब्ध छन्,’ उनले भने ।

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डहरुको जुत्ता चप्पलको स्टलहरु राखिएका छन् ।

You might also like

Comments are closed.