अन्तर बैक क्रिकेट प्रतियोगिताको ट्रफी कृषि विकास बैंकलाई

काठमाडौं । अन्तर बैक प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता शनिवार (मङ्सिर २४ गते) जनकपुरधाममा सम्पन्न भएको छ ।

दिन चलेको उक्त प्रतियोगितामा विभिन्न बैकबाट प्रतिष्पर्धीहरुको सहभागिता रहेको थियो । शनिवार सम्पन्न फाइनल खेलमा सिभिल बैकलाई हराउँदै कृषि विकास बैक बिजेता भएको छ ।

बिजेता कृषि विकास बैकले १२ ओभरमा ६ विकेट गुमाउँदै ९२ रन बनाउँदा प्रतिद्वन्दी सिभिल बैकले १२ ओभरमा १० विकेट गुमाउँदै ७० रन बनाएको थियो । नेपाल राष्ट्र बैक कर्मचारी संघ, जनकपुर समितिद्वारा आयोजित उक्त प्रतियोगितामा सिभिल बैकका सुनिलकुमार यादवले बेस्ट ब्याट्स्म्यानको उपाधि पाएका थिए भने कृषि विकास बैकका निरजकुमार तिवारीले बेस्ट बलरको उपाधि पाएका थिए ।

footwear zone

त्यस्तै, म्यान अफ द टुनाँमेन्ट सिभिल बैकका राजनकुमार साह भएका थिए । शौरभकुमार झा क्याप्टेन रहेको बिजेता कृषि विकास बैकका अन्य खेलाडीहरुमा प्रशान्त राय,प्रबिण पौडेल, सागर उपाध्याय, प्रबिण झा, निरज तिवारी, सुशान्त द्विबेदी, कृष्णप्रसाद साह, जितेन्द्र पाशवान, गौतम झा, अभिषेक राय, कृष्णराज साह तथा मनिषकुमार चौधरी रहेका थिए

। खेल समापन पश्चात आयोजित कार्यक्रममा आयोजकका तर्फबाट रुद्र तिमल्सिना तथा सियाराम यादवले बिजेता कृषि विकास बैक तथा उपबिजेता सिभिल बैकलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा कृषि विकास बैकले मधेश प्रदेश कार्यालयका निर्देशक नवीन पाख्रिनले बिजेता खेलाडीहरुलाई बधाइ तथा शुभकामना ब्यक्त गरेका थिए ।

You might also like

Comments are closed.