सानिमा बैंकको १८ औं साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०७९ पुस ३ गते आइतबारका दिन १८ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल १८ औं वार्षिक साधारण सभाबाट निर्वाचित भएका हुन् ।

footwear zone

आर्थिक बर्ष २०७८/७९ मा रु. २ दशमलब ०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२ दशमलब ५१ अर्ब, कुल निक्षेप रु. १५८ दशमलब ८८ अर्ब तथा खुद कर्जा सापटी रु १४१ दशमलब ६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ ।

You might also like

Comments are closed.