मयुर टाइम्स न्युजले महोत्सवमा फोटोग्राफी गर्ने

पोखरा । एघारौं पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटो तथा भिडियोग्राफी गर्ने भएको छ । आगामी पुस २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटो तथा भिडियोग्राफी गर्ने भएको हो ।

मंगलबार एक कार्यक्रमका बीच मयुरटाइम्स न्युजका संचालक प्रविन मगर र एघारौ पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सो अवसरमा बाेल्दै मयुरटाइम्स न्युजका संचालक प्रविन मगरले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई नछुट्याइ फोटो र भिडियोमा समावेश गर्ने बताए । पोखरा महोत्सव आफैंमा ब्राण्ड र यसले गर्ने सामाजिक काममार्फत सम्पूर्ण पोखरेलीको मन जित्न सफल भएकाले आफ्नो संस्थाले पोखरा महोत्सवको भिडियो र फोटोको काम गर्न पाउदा खुसी लागेको मगरको भनाइ रहेको थियो ।

footwear zone

त्यस्तै पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटो तथा भिडियोग्राफीको माध्यामबाट संचित गर्न आफुहरु यसअघिको महोत्सवहरुमा सफल भएको बताउदै मयुरटाइम्सले समेत त्यसलाई निरन्तरता दिन आग्रह गरे । पोखरा महोत्सवको सम्पूर्ण गतिविधीहरु आफ्नो क्लवको पेजबाट हेर्न सकिने समेत बताए ।

You might also like

Comments are closed.