भृकुटीमण्डपको ‘जाडोमा न्यानो जुत्ता चप्पल व्यापार मेला’ समापन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ठूलो चौरमा रहेको ‘जाडोमा न्यानो जुत्ता चप्पल व्यापार मेला’ समापन भएको छ ।

जाडो मौषम, लगन तथा शुभ मुहुर्तलाई मध्यनजर गर्दै फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसन अफ नेपालले आयोजना गरेको मेला यसअघि पुस ७ गतेसम्म चल्ने बताइए पनि विविध कारणले २ दिन अगाडि नै समापन भएको संयोजक होमनाथ उपाध्यायले जानकारी दिए।

मेलामा ३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीमा राखिएका थिए । मेलामा बालबालिकादेखि वृद्धसम्म सबैलाई मिल्ने लेडिज, जेन्स, लेदर तथा स्पोर्टस जुत्ताहरु विक्री गरिएको मेला सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए ।

footwear zone

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डहरुको जुत्ता चप्पलको स्टलहरु राखिएका थिए ।

You might also like

Comments are closed.