फेसियल हाउस र भेटायो एपबीच सम्झौता

काठमाडौं । सौन्दर्यको क्षेत्रमा आफुलाई स्थापित बनाउन सफल फेसियल हाउस र होमवेस अनलाइन प्लेटफर्म भेटायोबीच सम्झौता भएको छ ।

युवाहरुलाई व्यावसायिक सीप प्रदान गरि आत्मनिर्भर बनाउनका लागि दुई संस्थाले सम्झौता गरेको हुन् ।

नेपाली युवालाई सीप सिकाएर अब्बल बनाउने सोचका साथ काम गर्न लागिएको फेसियल हाउसका प्रवन्धक तथा व्युटिसियन सुष्मा महराले बताईन् ।

footwear zone

आगामी वर्ष ५ हजार जनालाई सीप सिकाई रोजगारी दिने सम्झौतामा उल्लेख गरिएको छ । ।

फेसियल हाउस नेपालमा एक उत्कृष्ट ब्युटी सैलुनको रुपमा परिचित छ । सौन्दर्य सम्वन्धी विभिन्न कक्षा समेत फेसियल हाउसले संचालन गरिरहेको छ ।

सम्झौता पत्रमा फेसियल हाउसकी प्रबन्धक शुष्मा महरा शाह र भेटायो एपकी को-फाउण्डर अन्शु शाक्यले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै को-फाउण्डर शाक्यले उक्त सम्झौताले धेरै भन्दा धेरै युवाहरुलाई तालिम र रोजगारीकाे अवसर प्रदान गर्ने बताइन् ।

यस्तै, फेसियल हाउसकी प्रबन्धक महाराले यो सम्झौतासँगै फेसियल हाउसमा तालिम लिएका विद्यार्थीले अब बेरोजगार भएर बस्नु नपर्ने बताइन् । यसका साथै उनले सिप सिकेपछि त्यो सिपको प्रयोग नगर्दा सिकेको सिपको कम नै नहुने बताउँदै भेटायोले गर्दा त्यो सिपको प्रयोग हुने बताइन् ।

 

You might also like

Comments are closed.