११ औं पोखरा महोत्सव पुस २७ देखि माघ ९ गतेसम्म

पोखरा । एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुसको २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको आयोजक युनाइटेड क्लवले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

स्थापना कालदेखि युनाईटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । महोत्सवकै आम्दानीबाट युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवको संघारमा आइपुग्दा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित नहोस भन्ने उद्देश्यले १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोष स्थापना गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले बताए ।

त्यस्तै आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी विभिन्न दुरदराजका गाउँहरुमा स्वास्थ्य शिविर, युवाहरुलाई कुलतबाट फस्नबाट रोक्नका लागि खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउनको लागि युनाईटेड क्लवले खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका साथै विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा स्थानिय खेलकुद प्रतियोगिताहमा प्रायोजक, प्रवद्र्धक तथा सहयोगी संस्थाको रुपमा रही टेवा पु¥याउदै आइरहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।

footwear zone

क्लवले स्थापना कालदेखि नै उठाउदै आएको पोखरामा मानवनिर्मित खुल्ला चिडियाखाना निर्माणको कामले यतिवेला तीब्रता लिइरहेको बताउदै श्रेष्ठले हालसम्म युनाइटेड क्लवले चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रुपैयाँ नगद प्रदान गरिसकिएको बताए । क्लवलको पहलकदमीमा तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रिय निर्देशक दिनेशकुमार थपलियाले पोखरालाई २० उत्कृष्ट गन्तव्य निर्माण गर्ने उद्देश्यभित्र चिडियाखाना पनि रहेको २० काम मध्ये चिडियाखाना निर्माणलाई प्राथमिकतामा राखिएको थियो ।

सोही अनुरुप पोखरा महानगरपालिकाको ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा २०७२ साल साउन १५ गते सिलान्यास भइ पशुपंक्षी उद्धार केन्द्र हुँदै हाल चिडियाखाना गण्डकी पदेश सरकारले प्रदेशको गौरवको योजनामा राखी जिल्ला बन डिभिजन कार्यालयमार्फत निर्माणको कार्य अगाडि बढिरहेको क्लवका अध्यक्ष श्रेष्ठले बताए ।

एघारौं पोखरा महोत्सवबाट चिडियाखानाको ठाउमा सेती नदी एक सहासीक पर्यटकीय गन्तव्य निर्माणका लागि केही रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक महोत्सवमा प्रति टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षण अभियानलाई छुट्याइनेसमेत श्रेष्ठले जानकारी दिए ।

एघारौं पोखरा महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को बेटर होम एप्लायन्स, सह प्रायोजकमा रारा तयारी चाउचाउ, पप कन्सर्ट प्रायोजक युनाईटेड युथ सर्कल यु.एस ए, प्रायोजकहरुमा योकोहामा जापानिज ल्याङग्वेज एण्ड ट्रेनिङ कन्सल्नेन्सी, स्काई लिंक टेक्नोलोजी, ड्रीमल्याण्ड फनपार्क, सिजी हार्डवेयर एण्ड सप्लायर्स, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस प्रोसेस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा लि, अफिसियल इन्सुरेन्समा सगरमाथा इन्सुरेन्स, प्रवर्द्धकमा नेपाल पर्यटन वोर्ड, विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, सहयोगी संस्थाहरुमा अमरसिंह मा.वि., युथ कम्युनिटी क्लव, मिडियापार्टनरहरुमा एबीसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक, एभरेष्ट एफएम ९३ मेघाहर्ज, रहेको र अन्य प्रायोजकहरुको खोजीमा रहेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा अपा·, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) वनका कार्मचारीलाई निःशुल्क प्रवेश गराइनेछ । साथै पर्यटन प्रवर्द्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने समेत प्रचार प्रसार संयोजक सुनारले बताए ।

त्यस्तै कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुट प्रदान गरिने भएको छ । १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन् । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्‍याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्‍याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिँदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सबै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने, आर्थिक चलायमान गराइ रोजगार सिर्जना गराउने, क्षेत्रगत विकासमा टेवा पुर्‍याउने र उद्योगको प्रवर्द्धन गर्ने उद्देश्य लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले वताए ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायिक संघ संस्थाहरुको सेवाबारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवर्द्धनका सामग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतीसंगै कृषिका गतिविधिहरु सञ्चालन हुनेछन् ।

महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोकदोहोरी गीत प्रतियोगिता, झांँकी प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेसमेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए ।

महोत्सवमा शौचालयको व्यवस्था, निःशुल्क वाइफाइको व्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरीबतास, हुलदंगा बीमाको व्यवस्था, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको ब्यवस्था, पार्किङको उचित ब्यवस्था र प्रत्येक स्टललाई एक थान टेवल र दुई थान कुर्चीको ब्यवस्था गरिएको छ ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले महोत्सवको सफलताको कामना गर्दै सुरक्षालाई विशेष ध्यान दिन आग्रह गरिन् । उनले महोत्सवकै आयोजना गरी सामाजिक काममा लागेर पोखराकै अब्बल संस्था बन्न पुगेको उनको भनाइ रहेको थियो । पत्रकार सम्मेलनमा स्वागत मन्तब्य राख्दै युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सबैले सहयोग गरी युनाईटेडको सामाजिक अभियानमा भाग लिन आग्रह गरे ।

You might also like

Comments are closed.