पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न यती एअरलाइन्सको तयारी

पोखरा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती एअरलायन्सले उडान शुरु गर्ने तयारी गरेको छ। नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरीमा जनवरी १ तारिखबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एअरलायन्सले उडान भर्ने तयारी गरेको हो ।

उडान भर्ने तयारी स्वरुप एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिमहरु दिने, भुमिस्थ उपकरण ब्यवस्थापन गर्ने, विमानस्थलको स्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीब्र बनाएको छ। सोही तयारी अनुसार (बिहीबार ७ पुस) डिसेम्बर २२ का दिन बिहान १० बजे नयाँ एअरपोर्टमा प्रशिक्षक चालकदलले एटिआर-७२ विमानमार्फत यतीले पहिलोपटक प्रदर्शन उडान गर्न लागेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यती एअरलाइन्सले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको हो । यसरी हुने उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको वस्तु स्थिती जानकारी हासिल गर्न सहज हुनेछ ।

footwear zone

काठमाडौंबाट पोखराका लागि यतीले दैनिक ७ वटा उडानहरु गर्दै आएको छ भने, अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसंगै नियमित उडानहरुको संख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलहरुमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ।

You might also like

Comments are closed.