अंग्रेजी नयाँ वर्षको अवसरमा द लेकसाइट रिट्रिटले ल्यायो आकर्षक प्याकेज

पोखरा । द लेकसाइट रिट्रिटले अंग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक प्याकेज घोषणा गरेको छ। आएमइ समूहको हस्पिटालिटी ग्रुप बेस्ट रिसोर्ट नेपाल प्रालिको सो रिट्रिटले नयाँ वर्ष २०२३ को अवसरमा होटलले वेलकम ड्रिंक्सका साथमा लाइभ डीजे, न्यु एयर इभ गाला वीथ लाइभ बीबीक्यु कार्यक्रम आयोजना गर्नेछ।

नयाँ वर्षको अवसरमा पारिवारिक घुमघाम तथा नाइट स्टेका लागि आकर्षक सुविधा ल्याइएको होटलले जनाएको छ। परिवारका सदस्यहरूलाई आवश्यक रुमहरूलाई आवश्यकताअनुसार सहजै बुक गर्न सकिने होटलको भनाइ छ। होटलले २ रात तथा ३ दिनका लागि सिंगल रुमलाई १३ हजार ३३३ रुपैयाँ र डबल रुमलाई १७ हजार ७७७ रुपैयाँ लाग्ने जनाएको छ।

त्यस्तै सोही प्याकेज अन्तर्गत एक्स्ट्रा बेडलाई ५ हजार ५५५ रुपैयाँ लाग्ने होटलले जनाएको छ। नयाँ वर्षको अवसरमा सो होटलले एक रात तथा २ दिन बस्नका लागि सिंगल बेडमा ९ हजार ९९९ रुपैयाँ र डबल बेडमा १२ हजार २२२ रुपैयाँ शुल्क तोकेको छ।

footwear zone

सोही प्याकेज अन्तर्गत अतिरिक्त बेडका लागि ४ हजार ४४४ रुपैयाँ कायम गरिएको जानकारी होटलले दिएको छ। यस्तै डिलक्स रूम, बफेट ब्रेकफास्टका साथमा इक्स्क्युसिभ सर्प्राइजको व्यवस्थासमेत रहेको होटलले जनाएको छ।

You might also like

Comments are closed.