तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई आठ करोड क्षतिपूर्ति

काठमाडौं । पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई करिब रु आठ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण गरिने आयोजनाले जनाएको छ ।

उक्त खण्डमा अझै दुई सय घरटहरा भत्काउन बाँकी रहेको तनहुँस्थित मुग्लिन-पोखरा सडक आयोजना पूर्वीखण्डका इञ्जीनियर एवं सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए । हाल उक्त सडकखण्डमा रोड कटिङ, पर्खाल, पुल, कल्भर्ट निर्माणलगायत कार्य भइरहेका छन् ।

हालसम्म करिब आठ प्रतिशत कार्य सम्पन्न भएको र सडक फराकिलो बनाउने क्रममा सडक आसपासका विद्युत् पोल, खानेपानी पाइप, टेलिफोन, इन्टरनेटलगायतलाई सम्बन्धित निकायसँग समन्वय गरी हटाउने प्रक्रियामा रहेको उनले बताए ।

footwear zone

जिल्लाको आँबुखैरेनी पुलजीपबाट म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१दशमलव४५ किलोमिटर सडकमा गैरसहरी क्षेत्र ३९दशमलव९३, सहरी क्षेत्र एक दशमलव ५२ र १८ वटा पुल निर्माण हुनेछन् । उक्त सडक निर्माणका लागि चिनियाँ कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनी लिमिटेडले सम्झौता गरी ठेक्का पाएको होे ।

त्यसैगरी, मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँका चार हजार दुई सय पाँच रुख कटान गरेकोे छ । करिब चार सय ६६ रुख काट्न बाँकी रहेको आयोजनाका वातावरणविज्ञ युवराज ढकालले जानकारी दिए । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना छ । “सबै रुख नकाटिन पनि सक्छन्”, उनले भने, “काट्नैपर्ने रुखमात्रै कटान गरी रुख बचाउन आयोजनाले योजना बनाएको छ ।”

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बन्ने गरेका छ । उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनुपर्ने विज्ञ ढकालले बताए ।

आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना छ ।

You might also like

Comments are closed.