मेगा बैंकको साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसंगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ ।

बिहीबार काठमाडौंमा सम्पन्न १२ औं वार्षिक साधारण सभाले मुल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनअनुसार संयुक्त मर्जर समितिको सिफारिसमा सञ्चालक समितिले स्वीकृत गरेबमोजिम १०० कित्ता सेयर बराबर सेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात (१००ः९०) मा एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।

योसँगै नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुवै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने, बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहनेछ ।

footwear zone

साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि नाम र कामअनुसारको गरिमालाई उचो बनाउन दुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारीहरुको मिलान र व्यवस्थापन तथा सेयरधनीहरुको जेथा र लाभांशमा न्यायोचित वृद्घि र निरन्तरता दिइने विश्वास व्यक्त गरे ।

‘हामीले “हलोदेखि हाइड्रो”सम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं । सोहीअनुरुप सबैभन्दा बढी सेयरधनी भएको बैंक र सबभन्दा बढी रु. २३३ करोड चुक्ता पूँजी भएको बैंकको रुपमा मेगा बैंक स्थापना भयो,’ उनले भने, ‘त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँरुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका थियौं । मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड देशकै ठूलो बैंक बन्ने विश्वास लिएको छु ।’

यसैगरी, साधारण सभाले सेयरधनीहरुका लागि बोनस सेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ । आव २०७८÷०७९ सम्म सञ्चित भएको वितरणयोग्य रकम १ अर्व २६ करोड ३० लाख ५९ हजार ५२०.८ं० रुपैंयाबाट हाल कायम चुक्ता पँुजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैंया ३६ पैसाको ४ प्रतिशतले हुन आउने रकम बोनस सेयर लाभांश र ३.७९ (राउन्डिङमा) प्रतिशतले हुन आउने रकम रु. ६१ करोड २ लाख ४३ हजार २ सय ८० रुपैंया ६६ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको हो ।

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले मेगा बैंकले लिएको हलोदेखि हाइड्रोसम्म नारा सार्थक र सफल भएको बताइन् । आर्थिक समावेशितालाई प्राथमिकता दिँदै जनताको घरदैलोमा बैंकको सेवा पु¥याइ शहरदेखि दूरदराजका गाउँसम्मका आममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर स्थापना भएको मेगा बैंकले वित्तीय बजारमा उत्कृष्ट छविको परिचय बनाउनुका साथै विश्वास आर्जन गर्न सफल भएको उनको भनाइ छ ।

आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अत्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको कामु सिइओ श्रेष्ठले बताइन् । उनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रुपैंयाले वृद्धि भई १ खर्ब ५७ अर्ब ४४ करोड रुपैंया पुगेको छ ।

त्यसैगरी, कर्जा ३ अर्ब ९१ करोड रुपैंयाले वृद्धि भई १ खर्ब ५३ अर्ब ९५ करोड रुपैंया पुगेको छ । गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ । त्यसैगरी कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैंया सहुलियत कर्जा र ५ अर्ब १९ करोड रुपैयाँ पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

बैंकलाई थप मजबुत एवं प्रतिस्पर्धी बनाउन, व्यवसायको दायरा एवं आकारमा वृद्घि गर्न, शाखा तथा सञ्जालहरुको विस्तारलाई मेगा बैंकले अगाडि बढाउँदै आएको छ । जसअन्तर्गत २०७८÷०७९ मा मेगा बैंकले २१ वटा नयाँ शाखा र १ वटा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याई ९ वटा एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरिएको छ । हाल बैंकको २०८ शाखा, २७ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् ।

You might also like

Comments are closed.