१८ औं लेखनाथ महोत्सवको भव्य उद्घाटन, साढे ४ सय बढी झाँकी र्‍याली

पोखरा । १८ औं लेखनाथ महोत्सव आजबाट पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेको कार्यक्रममा पूर्व गृहमन्त्री खगराज अधिकारी, पूर्व कानुनमन्त्री यज्ञबहादुर थापा, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीलगायका अतिथिहरुले बोलेका थिए ।

भव्यरुपमा सम्पन्न उद्घाटन कार्यक्रममा अवलोकनकर्ताको उपस्थिति उल्लेख्य रहेको महोत्सवका प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए । उद्घाटन कार्यक्रममा करिब साढे ४ सय झाँकी र्‍यालीको उपस्थिति रहेको उनले बताए । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री, वर्तमानमन्त्री, उपसभामुख, सम्पूर्ण उद्योग वाणिज्य संघका अतिथिहरु, उद्योगी व्यवसायी अधिकांस अतिथिहरुको उपस्थिति रहेको संयोजक ओझाले बताए ।

बिहान ११ बजे सुरु भएको झाँकी र्‍याली दिउँसो तीन बजेसम्म चलेको थियो । उद्घाटनको पहिलो दिन आज थोरै मात्रै कालाकारको प्रस्तुति रहेको थियो । कलाकार पुरुषोत्तम न्यौपानेको नेतृत्वमा भएको दोहोरी कार्यक्रममा अन्य कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।

footwear zone

कुल ३३७ स्टलहरु रहेको महोत्सवमा सम्पूर्ण स्टलहरु बुक भएका छन् । सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको ‘१८औं लेखनाथ महोत्सव’ पुस १८ गतेसम्म सञ्चालन हुनेछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको भोलि दोस्रो दिन लोकदोहोरी गायक रामजी खाण र मधु रसाईलीको दोहोरी गीत कार्यक्रम रहने भएको छ भने, साँझको कन्सर्टमा सनिमा श्रेष्ठलगायतका कालाकारहरुको प्रस्तुति रहने भएको छ । कन्सर्ट कार्यक्रम आज पहिलो दिन नभए पनि भोलिदेखि भने प्रत्येक दिन रहने मेला संयोजक ओझाले जानकारी दिए ।

You might also like

Comments are closed.