फर्निचर तथा फर्निसिङ संघको अध्यक्षमा दिनेश अग्रवाल

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौंमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको छ। आज राजधानीमा सम्पन्न संघको २३औँ साधारणसभा तथा अधिवेशनबाट दिनेश अग्रवालको अध्यक्षतामा दुईवर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा मनिष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुणकुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्विरोध भएका छन्। त्यस्तै कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली चुनिएका छन् ।

संघको सदस्यमा दिलविक्रम श्रेष्ठ, भोलामान योञ्जन, ऋषिकिशोर अग्रवाल, सम्यकमान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रन्जु श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेकबहादुर कार्की निर्विरोध भएका हुन् ।

footwear zone

संघमा दुई सय आजीवन र चार सय साधारण सदस्य गरी छ सय फर्निचर व्यवसायी आबद्ध छन्। संघका अनुसार देशभर १२ हजारको सङ्ख्यामा फर्निचर व्यवसायी छन्। यो व्यवसायमा करिब रु ३० अर्ब लगानी रहेको तथा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको संघको तथ्यांक छ।

You might also like

Comments are closed.