काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैया ८८ पैसा रहेको छ ।
त्यस्तै, सोमबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८९रुपैयाँ २७ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९६ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५रुपैयाँ ३४ पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ३३ पैसा र बिक्री मूल्य १० रुपैयाँ ३७ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ३० रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिदर ४३१ रुपैयाँ ९३ पैसाँ र बिक्रीदर ४३३ रुपैया ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४७ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।





Comments are closed.