काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।आइतबार तोलाको १ लाख ५ सय रुपैयाँमा कोरोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तोलाको १ लाख रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।




Comments are closed.