काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० बोनस सेयर प्रदान गर्ने घोषणा गरेको छ ।
कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रुपैयाँबाट ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




Comments are closed.