टाटाको तीन दिने मेगा सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । टाटा टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा यसका १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा आयोजित मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ।

यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। त्यसैगरी बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी, मेची, वीरगंज, ढल्केबार, हेटौडा, सर्रा, धनगढी र नेपालगञ्जमा रहेका छन्।

यस तीन दिने क्याम्पमा टाटाका ९५५ वटा पेसेन्जरू श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवं मर्मत सम्भार गरिएको थियो । क्याम्पमा १ हजार ५३३ जनाको सहभागिता थियो। यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गरेका थिए । म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि निः शुल्क प्रदान गरिएको थियो।

footwear zone

यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो । हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजारमा द्रुत गतिमा आइइरहेका छन्। यसै सन्दर्भमा यस्ता गाडीका ग्राहकहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको थियो ।

‘यो क्याम्पमा हामीले साँच्चिकै अपेक्षा गरेभन्दा पनि बढी ग्राहकहरुको सहभागिता भयो,’ सिप्रदी ट्रेडिङका कस्टुम्बर केयर प्रमुख कुमारी भण्डारीले भनिन, ‘यसले कम्पनीलाई भविष्यमा अझ उत्कृष्ट भन्दा उत्कृष्ट सेवा र सुविधा उनीहरुलाई प्रदान गर्ने प्रेरणा मिलेको छ।

You might also like

Comments are closed.