काठमाडौं । नयाँ सरकार आएसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्को छ । मंगलबार तोलामा दुई सयले बढेको छापावाल सुन बुधबार पनि पुन तोलामा ४ सयले बढेको छ ।
तोलामा ४ सय रुपैयाँ बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । मंगलबार तेजाबी सुन प्रतितोलाको १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य बुधबार १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।




Comments are closed.