वीरगञ्ज । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको आउटलेट वीरगञ्जको पान गल्लीमा सञ्चालनमा आएको छ। विगत ४० वर्षदेखि ग्रोसरीको होलसेलरको रूपमा व्यवसाय गर्दै आएकी अल्पना रौनियार र उनको परिवारले सो आउटलेट सञ्चालनमा ल्याएकी हुन्।
आउटलेटको बुधवार बिहान एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। ४ सय ८० स्क्वायर फिटमा यो आउटलेट फैलिएको छ। वीरगञ्जमा यसअघि साथीमार्टको एक आउटलेट सञ्चालनमा आइसकेको छ।
अहिले साथीमार्टको दोस्रो आउटलेट सञ्चालनमा आउन लागेको हो। यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन्। यो आउटलेट कम्पनीको १ सय १८ औं आउटलेट हो।

उपभोक्तालाई सहुलियत दरमा सामान उपलब्ध गराउने आउटलेटले जनाएको छ। साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।
टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।




Comments are closed.