जनतामुखी सेवा प्रवाह गर्न यातायात व्यवसायी लाग्नुपर्छ : श्रेष्ठ

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजीले जनतामुखी सेवा प्रवाह गर्न यातायात व्यवसायी लाग्नुपर्ने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री  श्रेष्ठलाई भेटेर ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारले समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण गर्दै व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको हो ।

भेटमा  यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय लाग्ने उनको भनाइ छ ।महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ मन्त्रीको कार्यकालमा समयानुकुल व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

footwear zone

“नयाँ सरकारको पालामा यातायात व्यवसायीले देशभर नियमित र व्यवस्थित रुपले उपभोक्तामुखी सेवा दिन अभिप्रेरणा मिल्नेछ”, उनले भने । आगामी दिनमा महासंघ र मन्त्रालयबीचको सम्बन्ध प्रगाढ हुने विश्वाससमेत महासंघले लिएको छ ।

 

You might also like

Comments are closed.